Chahanchhu Maya Badhos Lyrics in Nepali by Rachana Rimal
♫ Title : Chahanchhu | चाहन्छु
♫ Genere : Love, Romantic, Request, Wish
♫ Voice : Rachana Rimal | रचना रिमाल
✍️ Lyrics : Manas Bikram Thapa, Manisha Khadka | मानस बिक्रम थापा, मनिषा खड्का
♫ Music : Saroj Pokharel | सरोज पोखरेल
♫ Arrange : Amos Tamang | आमोस तामाङ्ग
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
♫ Studio : A One Musician
♫ Guitar : Debesh Rai | देवेस राई

नेपाली
म बाट टाढा टाढा नभइदेऊ तिमी
मलाई नजिक आई हेरिदेऊ न
ह...
म बाट टाढा टाढा नभइदेऊ तिमी
मलाई नजिक आई हेरिदेऊ न
लजालु ती तिम्रा गोला आँखाले
नहेरे झैँ गरी हेरिदेऊ न
ह...
मन्द मन्द मुस्कान तिम्रो
ओठमा ल्याइ हाँसिदेऊ न
यो मन मा त्यो मन मिलाई
मायाको डोरी गाँसिदेऊ न
चाहन्छु माया बढोस्
चाहन्छु साथ रहोस्
चाहन्छु म तिम्रो हुन पाउँ
चाहन्छु तिमी मेरो जीवन मा वा...
हो...हँ...
यो मेरो यौवन तिम्रो नै हो
आएर सम्हालिदेऊ न
तिम्रो माया मा हराई रहन्छु
आएर मलाई अङ्गालिदेऊ न
चाहन्छु माया बढोस्
चाहन्छु साथ रहोस्
चाहन्छु म तिम्रो हुन पाउँ
चाहन्छु तिमी मेरो जीवन मा वा...
हो...हँ...
No comments:
Post a Comment
Comments Will Be Moderated