Najeek Lyrics in Nepali by Bartika Eam Rai from her album Bimbaakash.
♫ Title : Najeek | नजिक
♫ Album : Bimbaakash | बिम्बाकाश
♫ Genere : Love, Realization, Request
♫ Voice : Bartika Eam Rai | बर्तिका यम राई
✍️ Lyrics : Bartika Eam Rai | बर्तिका यम राई
♫ Music : Bartika Eam Rai | बर्तिका यम राई
♫ Mix Mastering and Engineering : Diwas Gurung | दिवस गुरुङ्ग

नेपाली
रात धेरै पर्यो धेरै-धेरै
मायाका कुरा नगर न ए
भोलिबारे केही थाहा नभई जीवनभरिका
दिनहरू मेरै नाम नगर न ए
सागरमा होस् कि आकाशमा
जहीँ कहीँ मै सङ्ग डुल्ने
मेरा आँखा नै सबैभन्दा राम्रा भएजस्तो
बकम्फुसे गफ नगर न ए
नजिक नआऊ, डर लाग्दै छ
आफ्नै भावनाहरू सङ्ग
शिथिल छ मुटु, रुखो बनाएको छु
धेरै-धेरै साल लगाई
नजुधाऊ आँखाहरू भावना बन्न
कत्ति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर
थाहा छैन र, भावना हराउन पनि
कत्ति नि समय लाग्दैन
तिम्रो आत्मा थाम्ने कसम कसरी दिऊ म
जब आफ्नै आत्मालाई चिनेको छैन
आफ्नै छाया सँग भागी दौडँदै छु म,
भन तिम्रो छाया को जिम्मा कसरी लिनु म
संसार छाडिहिँड्ने बाचा नदेऊ न
सुरु-शुरुमा त यस्तै त हो नि
जिन्दगानीको रीतहरूले यसै उसै
हामीलाई अल्झाउने नै हो
काश हाम्रो भेट केही
सालअगाडि हुन्थ्यो
या काश हाम्रो भेट केही
सालपछाडि हुन्थ्यो
समय सही हुन्थ्यो राजै,
मौसम बेग्लै हुन्थ्यो
तर, आज हैन
नजिक न-आऊ न
नजिक नआऊ, डर लाग्दै छ
आफ्नै भावनाहरूसँग
शिथिल छ मुटु, रुखो बनाएकै छु
धेरै-धेरै साल लगाई
नजुधाऊ आँखाहरू भावना बन्न
कत्ति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर
थाहा छैन र, भावना हराउन पनि
कत्ति नि समय लाग्दैन
No comments:
Post a Comment
Comments Will Be Moderated