Charile Ta Chhadera Gaigayo Lyrics in Nepali by Ram Krishna Dhakal from Album Aagraha
Charile Ta Chhadera Gaigayo Lyrics in Nepali by Ram Krishna Dhakal from Album Aagraha. Presenting Nepali Song "Charile Ta" By Ram Krishna Dhakal.
♫ Title : Charile Ta | चरिले त
♫ Album : Agraha | आग्रह
♫ Genere : Love, Tragic, Guilt, Nostalgic
♫ Voice : Ram Krishna Dhakal | राम कृष्ण ढकाल
✍️ Lyrics : Kali Prasad Rijal | काली प्रसाद रिजाल
♫ Music : Alok Shree | आलोक श्री
♫ Audio : Moonlight Records

नेपाली
चरिले त छाडेर गइगयो गइगयो
सम्झना चाहिँ डालीमा रही रह्यो
सम्झना चाहिँ डालीमा रही रह्यो
नाता टुट्यो पराई भइगयो, भइगयो
एउटा नाता मनमा चाहिँ रही रह्यो
एउटा नाता मनमा चाहिँ रही रह्यो
सँगै सँगै हिँड्ने मान्छे, भयो पर पर।
सँगै सँगै हिँड्ने मान्छे, भयो पर पर।
मनमा चाही उसकै रूप, अल्झी रह्यो तर।
सुख पनि मन रैछ, दुख पनि मन।
सुख पनि मन रैछ, दुख पनि मन।
मनै दुखी भए पछि, के गर्नु र धन।
मनै दुखी भए पछि, के गर्नु र धन।
उ त डाँडा काटेर, गई गयो गई गयो।
सम्झना चाहिँ डालीमा रही रह्यो।
सम्झना चाहिँ डालीमा रही रह्यो।
जति बिर्सूँ भने पनि, याद उसकै हुन्छ
जति बिर्सूँ भने पनि, याद उसकै हुन्छ
ओठ भरी हाँसे पनि, भित्री मन रुन्छ।
घाउ लाग्यो मनको मुटु, कुटु कुटु खाने।
घाउ लाग्यो मनको मुटु, कुटु कुटु खाने।
नरोएर जाने हजुर, न धोएरै जाने।
नरोएर जाने हजुर, न धोएरै जाने।
आफ्नो आँगन बिरानो, भइगयो भइगयो।
सम्झना चाहिँ डालीमा रही रह्यो।
सम्झना चाहिँ डालीमा रही रह्यो।
नाता टुट्यो पराई भइगयो, भइगयो।
एउटा नाता मनमा चाहिँ रहिरह्यो।
एउटा नाता मनमा चाहिँ रहिरह्यो।
No comments:
Post a Comment
Comments Will Be Moderated