Deurali Banechha Dhungako Lyrics in Nepali by Khemraj Gurung, Reema Gurung Hoda From Nepali Movie Dada Ko Bar Pipal
Deurali Banechha Dhungako Lyrics in Nepali by Khemraj Gurung, Reema Gurung Hoda From Nepali Movie Dada Ko Bar Pipal
♫ Title : Deurali Banechha Dhungako | देउराली बनेछ ढुङ्गाको
♫ Movie : Dada Ko Bar Pipal | डाँडा को बर पिपल
♫ Genere : Love, Classic, Lok, Request
♫ Voice : Khemraj Gurung, Reema Gurung Hoda | खेमराज गुरुङ्ग, रिमा गुरुङ्ग होडा
✍️ Lyrics : Umanga Lama, Keshab Chaulagain | उमंग लामा, केशब चौलागाईं
♫ Music : Umang Lama | उमंग लामा
♫ Arrange : Phadindra Rai | फणिन्द्र राई
:::::::::::::FOR RING BACK TONE::::::::::
Aakashaima Habai Jahaj
NTC-0840029
Budo Poeko Ochyan Laauni
NTC-0840030
Dar Lagyo Malai Aamai
NTC-0840031
Katdiula Junga Jhammai
NTC-0840032
Nekaleka Sari Junga
NTC-0840033

नेपाली
भकारी चित्र गोठ माथि, झुसेले जुँगा ओठ माथि
डर लाग्यो मलाई आम्मै
भकारी चित्र गोठ माथि, झुसेले जुँगा ओठ माथि
डर लाग्यो मलाई आम्मै
देउराली बनेछ ढुङ्गा को, पिर केलाई मान्छौ जुँगा को
काट्दिउँला बरु जम्मै
देउराली बनेछ ढुङ्गा को, पिर केलाई मान्छौ जुँगा को
काट्दिउँला बरु जम्मै
देउराली बनेछ ढुङ्गा को, पिर केलाई मान्छौ जुँगा को
काट्दिउँला बरु जम्मै
यी बङ्गाली दाह्री मेरा, पन्जाबै का जुँगा
ए यी बङ्गाली दाह्री मेरा, पन्जाबै का जुँगा
सिउरी दिऊँ कि चुलठी मा, लाहुरे फूल का थुङ्गा
ए सिउरी दिऊँ कि चुलठी मा, लाहुरे फूल का थुङ्गा
अल्लारे का फूलका थुङ्गा, कागज भन्दा सस्तो
अल्लारे का फूलका थुङ्गा, कागज भन्दा सस्तो
नक्कले का दाह्री जुँगा, दुम्से काँडा जस्ता
ए नक्कले का दाह्री जुँगा, दुम्से काँडा जस्ता
आकाशैमा हवाई जहाज, पानी माथि डुङ्गा
ए आकाशैमा हवाई जहाज, पानी माथि डुङ्गा
तिम्रै लागि साँचेको छु, मैले दाह्री जुँगा
ए हे तिम्रै लागि साँचेको छु, मैले दाह्री जुँगा
घङ्गरु का काँडा जस्ता, तिम्रा दाह्री जुँगा
घङ्गरु का काँडा जस्ता, तिम्रा दाह्री जुँगा
रङ्ग उडाउला पात झर्ला, नछोऊ फूलका थुङ्गा
हे रङ्ग उडाउला पात झर्ला, नछोऊ फूलका थुङ्गा
जुँगा बेची कानै भरी, ढुङ्ग्री लाउली ग्यामो
ए जुँगा बेची कानै भरी, ढुङ्ग्री लाउली ग्यामो
ए दाह्री काटी बनाइदिउँला, सिरक डसना न्यानो
ए हे दाह्री काटी बनाइदिउँला, सिरक डसना न्यानो
खरानी को डोरी बाटी, जुँगा काटी सिउँला
खरानी को डोरी बाटी, जुँगा काटी सिउँला
च्यापु भरी भैँसी चराऊ, किन मान्छौ झ्याउला
ए च्यापु भरी भैँसी चराऊ, किन मान्छौ झ्याउला
देउराली बनेछ ढुङ्गा को, पिर केलाई मान्छौ जुँगा को
काट्दिउँला बरु जम्मै
भकारी चित्र गोठ माथि, झुसेले जुँगा ओठ माथि
डर लाग्यो मलाई आम्मै
खौरी दिउँला दाह्री जुँगा, साबुन दली दली
खौरी दिउँला दाह्री जुँगा, साबुन दली दली
आऊ न मैयाँ खाली दिलमा, गर ढलीमली
ए हे आऊ न मैयाँ खाली दिलमा, गर ढलीमली
जुँगा काटी ठिटो हुन्न, सिङ भाँचेर बहर
जुँगा काटी ठिटो हुन्न, सिङ भाँचेर बहर
बुढो पोइको ओछ्यान लाउने, छैन मलाई रहर
हो बुढो पोइको ओछ्यान लाउने, छैन मलाई रहर
देउराली बनेछ ढुङ्गा को, पिर केलाई मान्छौ जुँगा को
काट्दिउँला बरु जम्मै
भकारी चित्र गोठ माथि, झुसेले जुँगा ओठ माथि
डर लाग्यो मलाई आम्मै
No comments:
Post a Comment
Comments Will Be Moderated