Maya Marideu Lyrics in Nepali by ShreeGo and Yodda
Maya Marideu Lyrics in Nepali by ShreeGo and Yodda, Music Produced by Tenzing Woser Kapko aka. TWK
♫ Title : Maya Marideu | माया मारिदेउ
♫ Genere : Love, Traggic, Promise, Request, Realization
♫ Voice : ShreeGo, Yodda | श्रीगो, योद्दा
✍️ Lyrics : ShreeGo, Yodda | श्रीगो, योद्दा
♫ Music Producer: TWK | टि डव्ल्यय के

नेपाली
तिमी मलाई दिन्थ्यौ कसम, ईश्वर नै साक्षी छ हेर
अङ्गाल्थेँ तिम्रो वदन, तर तिमीलाई बाँधिनै थेँ न
अनि तिमीलाई थाह थेन, मेरो बाध्यता
मन मान्थेन, अरू साथ देख्दा
दुख लुकाउँथेँ हाँसेर, सबलाई ढाँटेर
तिमीलाई सम्झन्थेँ, जहाँ जान्थेँ म
डोर्याउन मिल्छ भने, समेट्थेँ टुक्रेका मुटु
एक हुन मिल्छ भने, प्रयास गरौँ
याद आउने छ मेरो, कुनै दिन तिमीलाई
सम्झना मा मेरो अझै, तिमी रुन्छौ कि नाइँ
भनिदेऊ अब त, माया साँचो थ्यो मेरो
गरिदेऊ साँचो कुरा, नलुकाऊ माया लाई
छाडिदेऊ तिमी, म नि हारिसकेँ
आशा मारिदेऊ तिमी, अब बाँकी छ के
अब हाँसिरहेको यो, मन नरुवाऊ
छाड्देऊ माया पिरती, मन अन्तै डुलाऊ
अब माया मारिदेऊ
अब माया मारिदेऊ
अब माया मारिदेऊ
याद आउने छ मेरो, कुनै दिन तिमीलाई
सम्झना मा मेरो अझै, तिमी रुन्छौ कि नाइँ
छाडिदेऊ तिमी, म नि हारिसकेँ
आशा मारिदेऊ तिमी, अब बाँकी छ के
तिमी सायद सोच्दै होलाउ, गल्तीहरू मेरो
त्यसैले म स्विकार्दै छु, हामी बिच मा जे भो
हामी भेट्ने कुरा हुँदै थियो के भो
बिच मै यो प्लान किन चेन्ज भो
तिम्रा आँखाहरू लोभी
क्षणिक खुसीहरू तिमी गरिन्थ्यौ खोजी
जाने बेला गयौ तिमी नाता तोडी
तिम्ले चिन्ने सबै को आँखामा म दोषी
एक दिन कालो बादल छाउने छ
तिमीलाई पश्चात्ताप ले सताउने छ
तिमी बोलाउँदा जहाँ पनि आउँथेँ त
समय को बरबाद भो भाउ देर
तिम्रो मन मा मलाई ठाउँ थेन
आफूलाई अँधेरो मा पाउँथेँ म
एक्लै हुँदा बरु तिमी हाँसेर
अझै पनि तिमी हिँड्छौ मेरो नाउँ लेर
अब माया मारिदेऊ
अब माया मारिदेऊ
अब माया मारिदेऊ
सुस्तरी दिन दिन गर्दै फेरी, काटौँला जिन्दगानी
बाँचौँला हाँसी खुसी
एक अर्का मै रमाई
हो.....
No comments:
Post a Comment
Comments Will Be Moderated