Nandani Lyrics in Nepali by Khem Century and Sapana Roka
Presenting new Nepali lok dohori song Nandani by Khem Century and Sapana Roka penned by Bikram Babu Bishwokarma and composed by Nandu Pariyar featuring Sunil Chhetri and Kabita Neupane
♫ Title : Nandani | नन्दनी
♫ Genere : Love, Dohori, Lok, Romantic, Request, Expression
♫ Voice : Khem Century, Sapana Roka | खेम सेन्चुरी, सपना रोका
♫ Chorus Voice : Nandu Pariyar, Anil Sunar, Kabita Khatri, Sunitami Pariyar | नन्दु परियार, अनिल
सुनार, कबिता अधिकारी, सुनितामी परियार
✍️ Lyrics : Bikrambabu Vishworkarma | बिक्रमबाबु बिश्वकर्मा
♫ Music : Nandu Pariyar | नन्दु परियार
♫ Arrange : Krishna Bk | कृष्ण बिक
♫ Mix Mastering : Shyamswet Rasaily | श्यामश्वेत रसाईली
♫ Studio : Prisma
♫ Recordist : Govinda, Kiran
♫ Flute : Ratna Bk | रत्न बिक
♫ Guitar : Sanjeev Baraili | सञ्जिव बराईली
♫ Madal : Khadka Buda | खड्ग बुढा
♫ Sahanai : Dharma Gandharva | धर्म गन्दर्भ

नेपाली
हाँस्दा पनि तिमी देख्छु, रुँदा पनि तिमी
दाहिने हात ले देब्रे छाती, छुँदा पनि तिमी
आ.. हाँस्दा पनि तिमी देख्छु, रुँदा पनि तिमी
दाहिने हात ले देब्रे छाती, छुँदा पनि तिमी
नन्दनी..
नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
आहै, नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी

तिम्रो जस्तै बास्ना चल्छ, फूलको बोटमा पनि
तिम्रै हातको स्पर्श छ, तल्लो ओठमा पनि
ओ.ई.. तिम्रो जस्तै बास्ना चल्छ, फूलको बोटमा पनि
तिम्रै हातको स्पर्श छ, तल्लो ओठमा पनि
रामप्यारा..
रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
लहै, रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा

रावण जति बलवान पनि, राम लाई शरण माग्छ
थाह छ तनि जुन मा दाग छ, घामलाई गरम लाग्छ
रावण जति बलवान पनि, राम लाई शरण माग्छ
आ.. थाह छ तनि जुन मा दाग छ, घामलाई गरम लाग्छ
नन्दनी..
नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
आहै, नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
आहै, नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
सबै सत्य कहाँ बोल्छन् र, हिन्ने बटुवा ले
कहिले कहीँ त खरायो लाई, जित्छ कछुवा ले
ओ.ई.. सबै सत्य कहाँ बोल्छन् र, हिन्ने बटुवा ले
कहिले कहीँ त खरायो लाई, जित्छ कछुवा ले
रामप्यारा..
रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
लहै, रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
लहै, रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
घडी भित्र सेकेन्ड सुई ले, जति चक्कर लाउँछ
त्यो भन्दा नि मलाई तिम्रो, झल्को बढी आउँछ
आ.. घडी भित्र सेकेन्ड सुई ले, जति चक्कर लाउँछ
त्यो भन्दा नि मलाई तिम्रो, झल्को बढी आउँछ
नन्दनी..
नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
आहै, नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
आहै, नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
मन छ मलाई तिम्रै हात को, सिन्दूर चुरा लाउन
मिल्थ्यो भने सिरानी ले, आउँथ्यो कुरा लाउन
ओ.ई.. मन छ मलाई तिम्रै हात को, सिन्दूर चुरा लाउन
मिल्थ्यो भने सिरानी ले, आउँथ्यो कुरा लाउन
रामप्यारा..
रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
लहै, रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
लहै, रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
यो मुटुको कुना कुना, कोरेँ तिम्रै चित्र
ऐना हेर्दा तिम्रै चित्र, देख्छु आँखा भित्र
आ.. यो मुटुको कुना कुना, कोरेँ तिम्रै चित्र
ऐना हेर्दा तिम्रै चित्र, देख्छु आँखा भित्र
नन्दनी..
नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
आहै, नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
आहै, नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
एउटै बन न्याउली रुन्छे, कोइली ले गीत गाउँछ
बाबा आमा पछि मलाई, तिम्रै मया लाउँछ
ओ.ई.. एउटै बन न्याउली रुन्छे, कोइली ले गीत गाउँछ
बाबा आमा पछि मलाई, तिम्रै मया लाउँछ
रामप्यारा..
रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
लहै, रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
लहै, रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
शिव जी लाई पार्वती, कृष्ण जी लाई राधा
तिम्रो मुटु मेरो मुटु, बाँडम् आधा आधा
आ.. शिव जी लाई पार्वती, कृष्ण जी लाई राधा
तिम्रो मुटु मेरो मुटु, बाँडम् आधा आधा
नन्दनी..
नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
आहै, नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
आहै, नन्दनी पिरती को दिलमा आगो, सल्क्यो दनदनी
तिम्रै रूपमा शिव देख्छु, तिम्रै रूप राम मा
जुनमा तिम्रै आभास गर्छु, तिम्रै आभास घाम मा
ओ.ई.. तिम्रै रूपमा शिव देख्छु, तिम्रै रूप राम मा
जुनमा तिम्रै आभास गर्छु, तिम्रै आभास घाम मा
रामप्यारा..
रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
लहै, रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
लहै, रामप्यारा जुनी जुनी नछुट्टिने, कसम खाम प्यारा
No comments:
Post a Comment
Comments Will Be Moderated