Yo Man Dye Lyrics in Nepali By Subani Moktan
♫ Title : Yo Man Diye | यो मन दिएँ
♫ Genere : Love, Tragic, Realization, Blame
♫ Voice : Subani Moktan | सुवानी मोक्तान
✍️ Lyrics : Ravindra Paudyal "Reverie" | रविन्द्र पौड्याल
♫ Music : Ravindra Paudyal "Reverie" | रविन्द्र पौड्याल
♫ Arrange : Gopal Rasaily | गोपाल रसाईली
♫ Mix Mastering : Manzil Bikram KC | मन्जिल बिक्रम केसी
♫ Studio : A One Musician

नेपाली
समर्पण माया मा, सायद मैले धेरै गरेँ
समर्पण माया मा, सायद मैले धेरै गरेँ
आफूलाई जलाएर, तिमीलाई दिई रहेँ
यो मन दिएँ, यो तन दिएँ
सारा जीवन, तिमीलाई दिएँ
यो मन दिएँ, यो तन दिएँ
सारा जीवन, तिमीलाई दिएँ
तर तिमीले, मेरो मायालाई
उपहास बनाइदियौ
जति बेला, तिमी एक्लै थियौ
मेरो सहारा, मागिरह्यौ
अङ्गालोमा आई, तिमी मेरो
धेरै सपना, देखाइरह्यौ
तर आज, सपना टुटाई मेरो
अरूलाई, अङ्गालिदियौ
म भने, तिमीलाई गुमाई
जिउँदो लास झैँ, रहिरहेँ
यो मन दिएँ, यो तन दिएँ
सारा जीवन, तिमीलाई दिएँ
यो मन दिएँ, यो तन दिएँ
सारा जीवन, तिमीलाई दिएँ
तर तिमीले मेरो, मायालाई
उपहास बनाइदियौ
जति बेला, साथ हुन्थ्यौ
मायामा, डुबाई रहन्थ्यौ
भविष्य का, सृजना अनि
न्यानो संसार मा, कल्पिरहन्थ्यौ
तर आज, अटुट नाता तोडी
म बाट, टाढिँदै गयौ
म भने, फर्किने आसा लिई
तिमीलाई, पर्खी बसेँ
यो मन दिएँ, यो तन दिएँ
सारा जीवन, तिमीलाई दिएँ
यो मन दिएँ, यो तन दिएँ
सारा जीवन, तिमीलाई दिएँ
तर तिमीले मेरो, मायालाई
उपहास बनाइदियौ
No comments:
Post a Comment
Comments Will Be Moderated