सकेर आयौ कि त साइँली, गाउँघरको काम धन्दा
तिम्रो नै माया बढी साइँली, सय मुरी धान भन्दा
जाँतोमा मकै पिसे साइँला, धान कुटे ढिक्किमा
अरू सब सिके मैले साइँला, माया मार्न सिकिन
हिरा टलल , हिरा टलल
हिरा टलल, साइँली
जहाँ जहाँ तिमि हुन्छौ, त्यही गाउँ झलल
हिरा टलल, साइँली
जहाँ जहाँ तिमि हुन्छौ, त्यही गाउँ झलल
हिरा टलल , हिरा टलल
हिरा टलल, साइँला
जहाँ जहाँ तिमि हुन्छौ, त्यही गाउँ झलल
हिरा टलल, साइँला
जहाँ जहाँ तिमि हुन्छौ, त्यही गाउँ झलल
कलकलाउँदो जवानी दिउँला, पिरतीको मुहानै दिउँला
माग्छौ भने तिमिले मलाई, मुटु झिकी परानै दिउँला
भेट हुँदा गमक्कै पार्छौ , आकाशका जुन तारा झार्छौ
सबै कुरा बोलेर हुन्न, व्यवहारमा कहिले उतार्छौ
त्यो तिम्रो पछ्यौरीमा साइँली, गलबन्दी मिलाइदेऊ
नछिन्ने डोरी बाटी साइँला, चटक्कै सिलाइदेऊ
हिरा टलल , हिरा टलल
हिरा टलल, साइँली
जहाँ जहाँ तिमि हुन्छौ त्यही गाउँ झलल
हिरा टलल , हिरा टलल
हिरा टलल, साइँला
जहाँ जहाँ तिमि हुन्छौ त्यही गाउँ झलल
सातै डाँडा काटेर आम्ला, घरमा कुरा ढाँटेर आम्ला
दिन भरि मिठो गफ गरम्ला, जाले रुमाल साटेर जाम्ला
त्रिशूलीमा बगेको पानी, भन मलाई कहिले हो लानी
अब देखि तिमि जहाँ जान्छौ, पछि पछि म पनि जानी
पिर किन मान्छौ तिमि साइँली, म तिम्रै हुँ अब
झुक्क्याउँदै जाने खेल साइँला, नगर भो अब
हिरा टलल , हिरा टलल
हिरा टलल, साइँली
जहाँ जहाँ तिमि हुन्छौ त्यही गाउँ झलल
हिरा टलल , हिरा टलल
हिरा टलल, साइँला
जहाँ जहाँ तिमि हुन्छौ त्यही गाउँ झलल
गुगल सर्च इन्जिन सहजता को लागी पछिल्ला प्रकाशित शब्द सङ्कलन हरूको अङ्ग्रेजी परिचय ए आई(कृत्रिम बुद्धिमत्ता) को सहयोग लिएर लेखिएको छ। व्याकरण शुद्धीकरण सम्बन्धमा गीतको भाव नबदलिने सम्मको हिज्जे सही गराउन नेपाली भाषा स्रोत केन्द्र द्वारा निर्मित Nepali Spell Checker को प्रयोग गरिएको छ ।
No comments:
Post a Comment
Comments Will Be Moderated